कोमल वलिद्वारा वाम गठबन्धनविरुद्धको उम्मेदवारी फिर्ताको घोषणा ।

दाङ, १९ कात्तिक ।
वाम गठबन्धकाविरुद्ध उम्मेदवारी दिनुभएकी कोमल वली र माओवादी केन्द्रका कुवेर वलीले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ ।राप्रपा छोडेर एमाले प्रवेश गर्नु भएकी कोमल वलीले वाम गठबन्धनको आधिकारीक उम्मेदवार हिरा चन्द्र केसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनु भएको हो । तुल्सीपुरमा एमाले नेता शंकर पोख्रेल, उम्मेदवार हिराचन्द्र केसी र जिल्ला अध्यक्ष टिकाराम खड्काको उपस्थितीमा पत्रकार सम्मेलन गरी वलीले उमेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको हो ।

केहि समय अघि एमालेमा प्रवेश गर्नु भएकी गायिका कोमल वलीले दाङ क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि र माओवादीका पोलिटब्यूरो सदस्य एंव पूर्वसभासद कुवेर वलीले क्षेत्र नं ३ (क) बाट प्रदेश सभा सदस्यका लागि उमेदवारी दर्ता गराउनु भएको थियो ।
कुवेर वलीले पनि आजै उमेदवारी फिर्ता लिएको बताउनुभएको छ ।

 

प्रतिक्रया दिनुहोस्