बाके र बर्दियामा एनआईसी एशिया बैंकले बिस्तार गर्यो तीन नयाँ शाखा ।

काठमाडौं, १९ कात्तिक ।
एनआईसी एशिया बैंकले बाँकेको खजुरा गाउँपालिका ३, बर्दियाको बारबर्दिया नगरपालिका ६, मगरागडी र मोरङको कानेपोखरी गाउँपालिका ६, रमाइलोचोकमा शाखा विस्तार गरेको छ। तीनवटै शाखाको आइतबार उद्घाटन गरिएको छ। खजुरा र मगरागडी शाखाको नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेल र रमाइलोचोक शाखाको कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले उद्घाटन गरेका बैंकले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा अग्रणी मानिएको यस बैंकले तीन शाखा विस्तारसँगै देशभरी शाखा संख्या १३३ पुर्‍याएको छ। यस बैंकले एटीएम काउन्टर १ सय ४१ वटा रहेको सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए।

 

प्रतिक्रया दिनुहोस्