बर्दगोरीया गाउपालीकाद्वारा पौने २८ करोड बराबरको बजेट प्रस्तुत ।

पवन मुडभरी बौनिया १९ कात्तिक ।
कैलालीको बर्दगोरीया गाउपालीकाको प्रथम अधिवेशन आजदेखी शुरु भएको छ । जिल्ला समन्वय समिती कैलालीका सभापती सुर्य बहादुर थापाले एक कार्यक्रमका बिच अधिवेशनको उद्घाटन गर्नुभएको छ । अधिवेशनको उद्घाटन सत्रमा गाउपालीकाकी उपाध्यक्ष भगवती चौधरीले आर्थिक वर्ष २०७४÷७५ को २७ करोड ७५ लाख १८ हजार ६ सय २९ रुपैयां बराबरको अनुमनित बजेट प्रस्तुत गर्नुभयो ।

जसमा आम्दानीतर्फ गत आर्थिक वर्षको अन्तिममा कोषमा बांकी रहेको ७२ लाख १२ हजार ८ सय २९ रुपैयां , सशर्त अनुदान तर्फ ५ करोड १९ लाख ३० हजार रुपैया , वित्तिय समानीकरण अनुदान १७ करोड ३० लाख २७ हजार रुपैयां , सामाजीक शुरक्षा भत्तातर्फ ४ करोड ३३ लाख ४८ हजार ८ सय रुपैयां र आन्तरीक आम्दानी २० लाख रहेको छ ।

गाउपालीकाले कृषि तथा पशुपालन , वन वातावरण तथा भु संरक्षण, शिक्षा तथा खेलकुद,  स्वास्थ्य खानेपानी तथा सरसफाई,महिला तथा बालबालीका , आदिवासी जनजाती ,दलित , अपांग तथा जेष्ठ नागरीक लगायतका निती तथा कार्यक्रम पनि प्रस्तुत गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी थापाले कैलालीलाई भ्रष्टाचार मुक्त जिल्ला बनाउने जिल्ला समन्वय समिती कैलालीका सभापती सुर्य बहादुर थापाले बताउनुभएको छ । उहांले कैलालीका गाउपालीका र नगरपालीकामा स्थानिय संघ संस्था र कार्यालयहरुले ईमान्दारीपुर्वक काम गरेपछी भ्रष्टाचार मुक्त भई शुशासन कायम भई कैलाली जिल्ला देशकै नमुना जिल्ला बनने दाबी समेत गर्नुभयो ।

बर्दगोरीया गाउपालीकाका अध्यक्ष बलिराम चौधरीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कर्ण कुंवर रहनुभएको थियो भने विभिन्न संघ संस्थाका प्रतिनीधि , शिक्षक , सरकारी कार्यालयका कर्मचारी , समाजसेवी, व्यापारी , पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रया दिनुहोस्