हेलिकप्टर दुर्घटनामा साउदी अरेबियाका राजकुमार राकुमार मुक्रिनको ज्यान गयो ।

काठमाडौ, २० कात्तिक ।
हेलिकप्टर दुर्घटनामा परी साउदी अरेबियाका राजकुमार राकुमार मन्सुर बिन मुक्रिनको ज्यान गएको छ ।साउदी अरेबियाका सञ्चार माध्यमले जनाएअनुसार मुक्रिन चढेको हेलिकप्टर यमनको सीमा नजिक दुर्घटना भएको हो । दुर्घटनाको कारण नखुलेको बिबिसीले जनाएको छ ।

युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा रहेको भ्रष्टाचार विरुद्धको नयाँ कमिटिले ११ राजकुमार तथा चार बहालवाल मन्त्रीसहित धेरैलाई पक्राउ गरेको केही दिनमै राजकुमार मन्सुरको हेलिकप्टर दुर्घटना भएको हो ।

दुर्घटनामा निधन भएका राजकुमार मन्सुर पूर्व युवराज मुक्रिन बिन अब्दुल अजिजका छोरा हुन । सन् २०१५ मा बिन अब्दुल अजिजका सौतेनी भाइ सलमानले राजाको जिम्मेवारी सम्हालेपछि उनलाई युवराजबाट हटाएर आफ्ना छोरालाई युवराज बनाएका थिए ।

 

प्रतिक्रया दिनुहोस्