नेपालमा पहिलोपटक सर्पदंशको औषधि उत्पादनको तयारी ।

काठमाडौं, २० कात्तिक ।
एन्टि स्नेक भेनम सेरुम रिसर्च एन्ड म्यानुफ्याक्चरिङ प्रालिले नेपालमै पहिलोपटक सर्पदंशको औषधि उत्पादन गर्ने भएको छ ।प्रालिले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि यस् बिषयमा जानकारी गराएको हो । ‘एन्टि स्नेक भेनम’ नामक औषधि उत्पादन गर्न लागेको प्रालिले औषधि व्यवस्था विभागमा नक्सापाससमेत गरिसकेको जनाएको छ ।

८८ करोड ६३ लाख रुपैयाँको लागतका सुनसरी जिल्लामा खोल्न लागेको उद्योग चार वर्षभित्र निर्माण सकेर औषधि उत्पादन र बिक्री थाल्ने छ । उद्योगमा १५ जनाको लगानी रहेको छ । कार्यक्रममा भ्याक्सिन स्पेसलिष्ट डा. जगनाथ राईले सर्पदंशको औषधि उत्पादन गर्न सर्प र घोडाको आवश्यकता पर्ने बताए ।नेपालमा सर्पदंशको औषधि उत्पादन गर्ने दक्ष जनशक्ति पनि रहेकाले उत्पादनमा समस्या नहुने बताइएको छ ।

माइक्रो बायोलोजिस्ट नवराज नेपालले घोडामा सर्पको विष छिटो काट्नसक्ने क्षमता हुने र ‘एन्टी वडी’ उत्पादन गर्ने हुँदा घोडाको सहयोगबाट सर्पदंशको औषधि उत्पादन गर्ने जानकारी दिए ।

 

प्रतिक्रया दिनुहोस्