छाउपडी प्रथा र लैगिंक हिंसा न्यूनिकरणका लागि अन्र्तक्रिया ।

लोकेन्द्र रावल टीकापुर,२० कात्तिक ।
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले छाउपडी प्रथालाई नकरात्मक रुपमा लिएकोले समस्या भएको बताउनु भएको छ । टीकापुरमा छाउपडी प्रथा र लैगिंक हिंसा विरुद्धको अन्र्तक्रिया कार्यक्रममा उहाँले छाउपडि प्रथा घर, समाज, राष्ट्रियताको स्वाभिमान सँग जोडिएकोले सबैमा छाउपडी प्रथा प्रतिको गलत संस्कार बारे चेतना जागृत गर्नसके विकास हुने बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख केशरी विष्टले नगरपालिकाको वडामा वडागत रुपमा लैगिंक हिसान्युनिकरणको लागि वजेट विनियोजित गरिएको बताउनुभयो । छाउपडि प्रथाले महिलालाई कुपोषण हुने, मानसिक यातना, महिलाहरु विभिन्न समस्यामा परि यातना खेप्न बाध्य भएकाले युवा तथा अग्रज पुस्तालाई सचेत गर्न आवश्यक रहेको बताउनु भयो ।

टीकापुर नगरपालिकाका प्रशासकिय अधिकृत रञ्जु आचार्यले कानुन सबै थोक नहुने बताउंदै सामाजिक संरचनाले हिंसा र गलत संस्कार बनेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरका सभापति जगदिश्वर पण्डितले छाउ प्रथालाई संस्कारबाट मात्र नभई सुरक्षित एवं वैज्ञानिक तरिकाबाट न्युनिकरण गर्दै लैजानुपर्ने बताउँदै छाउपडीका नाममा महिला दिदिबहिनीहरुलाई दुःख दिन नहुने बताउनुभयो ।

इलाका प्रहरी कार्यालयका प्रहरी उपरिक्षक टीकाबहादुर कार्कीले सबैको समन्वय र सहयोगमा लैगिक हिसा न्युनिकरण गर्न सकिने बताउनु भयो । रेष्टलेस डेभ्लोपमेन्टको आर्थिक सहयोग तथा सृजिशिल युवा समाज नेपालको आयोजनामा कार्यक्रम भएको हो ।

सृजिशिल युवा समाज नेपालका अध्यक्ष झलनाथ खनालको अध्यक्षता मा भएको कार्यक्रममा स्वागत राजेन्द्र विक र संचालन सिर्जना भण्डारीले गर्नुभएको थियो ।

 

प्रतिक्रया दिनुहोस्