राप्रपाले सार्वजनिक गर्यो: संवैधानिक राजसंस्था र सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेण्डा सहितको घोषणापत्र ।

काठमाडौं, २१ कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संवैधानिक राजसंस्था र सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेण्डा सहितको घोषणापत्र सार्वजनिक गरेको छ।आज बिहान ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारिएको घोषणापत्र सार्वजनिक गरे ।

घोषणापत्रमा राष्ट्रियता, सनातन धर्म, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, असंलग्न परराष्ट्र नीति र सामाजिक न्याय तथा समावेशी सिद्धान्तलाई पार्टीको वैचारिक आधारस्तम्भका रूपमा आत्मसात गरिएको उल्लेख छ ।

राप्रपाले सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र पुर्स्थापना गर्ने एजेण्डलाई प्राथमिकता दिएको घोषणा पत्रमा उल्लेख गरिएको छ। ‘

 

प्रतिक्रया दिनुहोस्