राजाबादीहरुको सामुहिक भेला पच्चीस गते शनिबार भक्तपुरमा हुँदै ।

काठमाडौ, २१ कात्तिक ।
राजसस्था पुनर्बहालीको मागसहित चरणबद्ध रूपमा  कार्यक्रमहरु गर्दै आएका विभिन्न राजाबादी संघ/सङगठको सामुहिक भेला यहि शनिबारका दिन भक्तपुरमा हुने भएको छ ।यहि कात्तिक २५ गते भक्तपुर जाऔ, राष्ट्र, राष्ट्रियता, अखण्डता र स्वाधीनता बचाउ, भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको छ । पछिल्लो समय दलहरुको कारण बदलिदै गएको देशको राष्ट्रियता ,राष्ट्रिय स्वाधीनताका कारण देशप्रेमी सम्पूर्ण नेपाली नागरिकलाई सचेत तुल्याउने उद्देश्यले मातृभुमि सङ्ररक्षण  नेपालको अगुवाइमा कार्यक्रम आयोजना गरिएको हो ।

दिउसो एकबजे हुने कार्यक्रममा राजसस्था पुनर्बहाली, सनातन हिन्दुराष्ट्र, राष्ट्रियता नेपाली स्वधिनता र मातृभुमी सङरक्षणका निम्ति आगामी दिनमा गरिने कार्यक्रमका बारेमा बहस र छलफल हुने कार्यक्रम आयोजक सस्थाका सयोजक राजन महर्जनले जानकारी दिए । उनले कार्यक्रममा उपस्थितिका निम्ति रास्ट्रप्रेमि, राजासस्थाप्रती आस्थावान नेपाली नागरिक, विभिन्न संघ/सङठनलाइ आग्रह समेत गरे ।

मातृभुमी सङरक्षण नेपालले यस अघिपनी राजसस्था पुनर्बहाली र सनातन हिन्दु राष्ट्रका बारेमा चरणबद्ध कार्यक्रम गर्दै आएको छ ।

 

प्रतिक्रया दिनुहोस्