टीकापुरमा एकजना व्यक्ति मृत अवस्थामा फेला ।

टीकापुर, २१ कात्तिक ।
कैलालीको टीकापुरमा एकजना ब्यक्ति आज मृत अबस्थामा फेला परेका छ्न ।प्रहरीका अनुसार मृत भेटिएका ब्यक्ति टीकापुर नगरपालिका वडा नं. ६ आम्बासाका करिव ४५ बर्षिया चक्रबहादुर रावल हुन । उनी वडा नं. ४ वाघमारा सडक छेउमा मृत अवस्थामा फेला परेका हुन ।

मृतक रावलको शब पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्