कृष्ण महरा भन्छन: वामपन्थी दलहरुबीचको एकता आजको आबस्यक्ता हो ।

दाङ,२२ कात्तिक ।
नेकपा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महराले वामपन्थी दलहरुबीचको एकता आजको आबस्यक्ता भएको भन्दै यो मुलुकको हितका लागि भएको बताएका छन् ।प्रेस सेन्टर र प्रेस चौतारीले आज दाङमा गरेको पत्रकार सम्मेलनमा महासचिव महराले समाजवादको यात्रा पूरा गर्न वामपन्थी दलहरुबीच एकीकरण आवश्यक रहेको बताएका हुन् । उनले वामपन्थी दलहरुबीच एकीकरणले मुलुको समृद्धिको ढोका खोल्नेपनी बताए ।

उनले आसन्न निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने र त्यसले मुलुकमा राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोख्रलले नेपालमा बलियो कम्युनिस्ट पार्टी बनाउने दिशामा आफूहरु अघि बढेकाले यसलाई साकार पार्न पनि आगामी निर्वाचनमा वामपन्थी गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए । चुनावपछि मुलुकमा समृद्धिको अभियान थालिने उनको भनाइ थियो ।

 

प्रतिक्रया दिनुहोस्