दृष्टिविहीन विद्यार्थीलाई विभिन्न सामग्री वितरण ।

लोकेन्द्र रावल टीकापुर २२, कात्तिक ।
कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सत्तीस्थित कर्णाली माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई विभिन्न सामग्री वितरण गरिएको छ । दृष्टिविहीन छात्रबासमा बस्ने ११ जना दृष्टिवीहिन विद्यार्थी र एक होस्टेल वार्डेनलाई १२ थान कम्मल, ६ महिनाका लागि पुग्ने स्टेशनरी सामग्री र सरसफाईका लागि आवश्यक सामग्री वितरण गरिएको हो ।

लायन्स क्लव अफ धनगढी नैनादेवीले एक कार्यक्रम आयोजना गरी विद्यार्थीलाई सामग्री वितरण गरेको क्लवका सदस्य तिलक श्रेष्ठले जानकारी दिनुभयो । लायन्स क्लवका प्रथम उपाध्यक्ष प्रेमराज बिसीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लवका डिस्ट्रीक एजभाइजर जनकराज जोशी प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै जोशीले लायन्सले बालबालिकाको शैक्षिक विकास र सामाजिक विकासका क्षेत्रमा सघाउंदै आएको बताउंदै दृष्टिवीहिन बालबालिकाको शैक्षिक सुधारमा सहयोग होस् भनी सहयोग गरिएको बताउनुभयो ।कार्यक्रममा टीकापुर नगरपालिकाको वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगौरा थारु, कर्णाली उच्च माविका प्राचार्य जेबी शाह लगायतले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रम सचिव श्याम श्रेष्ठले संचालन गर्नुभएको थियो भने स्वागत सदस्य तिलक श्रेष्ठले गर्नुभएको थियो ।

 

प्रतिक्रया दिनुहोस्