प्यार बसेपछि कर्ण सन्ज्याललाई तनाबै तनाब । (भिडियोसहित हेर्नुहोस)

काठमाडौ, २२ कात्तिक ।
नेपाली लोक तथा दोहोरी गितका क्षेत्रमा एकपछि अर्को गर्दै चर्चा बटुल्न सफल गाएक, शव्द सङ्कलक तथा सङ्गितकार कर्ण सन्ज्याल यतिबेला निकै तनावमा परेका छ्न ।एकाएक उनी तनाबमा परेपछि साङ्गित बजारमा भने उनको निकै चर्चा चलेको छ । आफू जस्तोसुकै तनावमा परेपनी उनि आफ्ना दर्शक र श्रोतालाई भने सधै नचाईरहन्छ्न । आखिर एकाएक किन परे त सन्ज्याल तनावमा वास्तविक कारण भने यस्तो छ ।

यो कुनै वास्तविक जिबनको यथार्थता नभई उनले भर्खरै बजारमा ल्याएको नयाँ दोहोरी भाकामा मात्रै सिमित हो । उनको निकै उत्कृष्ट छमछमी नचाउने खालको नया दोहोरी भाका “तनाव ” सार्बजनिक भएको छ ।

हरि आचार्य र शारदा देवकोटाको निकै मीठो आवाज रहेको यस गितमा शब्द सङ्गीत भने सन्ज्याल स्वयम् आफैको  छ । तरङ्ग स्टुडियोले बजारमा ल्याएको यो गितको म्युजिक भिडियो पनि उत्तिकै उत्कृष्ट छ । यो गितको म्युजिक भिडियोमा सुसान्त, अस्मिता ,बिजय र मनिशाको अभियन देख्न सकिन्छ ।
(भिडियो हेर्नुहोस)

प्रतिक्रया दिनुहोस्