सल्यानमा विस्फोटक पदार्थसहित युवक पक्राउ ।

सल्यान २३ कात्तिक ।
विस्फोटक पदार्थसहित सल्यानमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।सल्लीबजार–जाजरकोट सडकखन्डमा
चेक जाँचका क्रममा वनगाड–कुपिन्डे नगरपालिका–१ देवस्थलका २४ वर्षीय राजु भण्डारी पक्राउ परेका हुन ।

मोटरसाइकलको कागजात जाँच गर्नेक्रममा ७०० ग्राम जिलेटिन भण्डारीको साथबाट फेलापरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धानपछि मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।

भेरीनदीमा माछा मार्नका लागि जिलेटिन ल्याइएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

प्रतिक्रया दिनुहोस्