कांग्रेसभित्र ठूलो हिस्सा राजतन्त्र फर्काउने पक्षमा छ : मोहन विक्रम सिंह ।

डोटी, २३ कात्तिक ।
नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याए देशमा राजतन्त्र र्फकन सक्ने उदघोष गरेका छ्न ।चुनावी कार्यक्रमको क्रममा डोटी पुगेका सिंहले नेपाली कांग्रेसभित्रकै ठूलो हिस्सा राजतन्त्र फर्काउने पक्षमा रहेको बताए । उनले काङ्ग्रेस गठबन्धनका अन्य दलहरु पनि राजतन्त्रको पक्षमा रहेका कारण राजतन्त्र फर्किने खतरा रहेको बताए ।

राष्ट्रिय जनमोर्चा डोटीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा महामन्त्री सिंहले आगामी निर्वाचन कांग्रेस गठबन्धनले जित्नु राष्ट्रियता माथिको खतरा रहेको बताए । उनले कांग्रेसले बहुमत ल्याए मधेसवादी दलहरु र भारतसँग मिलेर संबिधान संशोधन गर्ने खतरा रहेको दावी गरे ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रियता र राजनीतिक चरित्र नरहेको सिंहले आरोप लगाए । उनले भारतले मधेसबादी दलहरुसँग मिलेर देशलाई सिक्किमीकरण गर्न खोजेको आरोप लगाए ।

अहिलेको अवस्थामा बाम गठबन्धनबाट राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने भएका कारण आफुहरुको समर्थन बाम गठबन्धनलाई रहेको सिंहले बताए ।

एमाले-माओवादीहरु माक्र्सबाद, लेनीनबाद र माओ बिचारधाराबाट बिचलित भइसकेका कारण उनीहरु कम्युनिष्ट नरहेको सिंहको भनाइ छ । उनले वर्तमान बाम गठबन्धनसँग आफ्नो पार्टी एकता हुने सम्भावना नरहेको बताए ।

 

प्रतिक्रया दिनुहोस्