देशभरका स्थानीय तहमा अखिल क्रान्तिकारीले बुझायो ज्ञापनपत्र ।

काठमाडौ, २३ कात्तिक ।
माओवादी केन्द्र निकट विधार्थी संगठन अखिल क्रान्तिकारीले देशभरका स्थानीय तहमा आज ज्ञापनपत्र बुझाएको छ ।

शिक्षा, स्वास्थ्य र रोजगारको हक कार्यान्वयन गर्न माग गर्दै अखिल क्रान्तिकारीले देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखहरुलाई स्थानीय स्तरबाट ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्र पत्रमा सार्वजनिक शिक्षाको स्तरोन्नतिका लागि पर्याप्त बजेट छुट्टाउनु पर्ने, प्राथमिक तहमा मातृभाषामा विद्यालय खोलिनुपर्ने, १०५ विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, विपन्न विद्यार्थीका लागि आवास र खाद्यको बन्दबस्त गर्नुपर्ने लगायतका माग समेटिएका छन् ।

यसैगरी ज्ञापनपत्रमा संविधानमा नागरिकको मौलिक हकको रुपमा लिपिवद्ध भएको शिक्षा, स्वास्थ्य र रोजगारको हकलाई कार्यान्वयन गर्ने दिशामा अग्रसर हुने मागलाई प्रमुखताका साथ उठाइएको छ ।

आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने संवैधानिक ब्यवस्था लागू गर्न पनि क्रान्तिकारीले जोड दिइएको छ।

(अनलाइन खबरको सहयोगमा )

 

 

प्रतिक्रया दिनुहोस्