हिमाली जिल्ला डोल्पा जलवायु परिवर्तनको उच्च जोखिममा ।

डोल्पा,२४ कात्तिक ।
हिमाली जिल्ला डोल्पा जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ।सदरमुकाम दुनैमा आज आयोजित जलवायु परिवर्तनबाट पार्ने प्रभाव र यसलाई न्यूनीकरण गर्न स्थानीय तहको भूमिका विषयक उक्त कार्यक्रममा सो जानकारी गराइएको हो।

चार वर्षदेखि डोल्पामा जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी काम गर्दै आएका नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (लापा) का जिल्ला संयोजक सन्तोष खनालले जलवायु परिवर्तनको असर कम गर्न आगामी दिनमा स्थानीयस्तरबाट आवश्यक पहल हुनुपर्नेमा जोड दिए।

ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले पृथ्वीमा बढिरहेको तापमानले जलवायु परिवर्तनमा ठूलो असर पारिरहेकाले समयमै नसोच्ने हो भने यसले भयावह अवस्था बेहोर्नुपर्ने बताए । पहिलो चरणमा साविकका लिकु, रह, काइगउँ, लावन र सहरतारा गाविसमा लापाले जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ।

चार वर्षदेखि डोल्पाका पाँच गाविसमा सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत पानी घट्ट निर्माण, सुधारिएको चुलो वितरण, वृक्षारोपण, नहर सुधार, नर्सरी निर्माण जस्ता कार्यक्रम गरिएको छ।रासस

प्रतिक्रया दिनुहोस्