कन्चनपुरका जिल्ला इन्जिनियर र सहायक इन्जिनियर ६ लाख रुपैयाँ लिदैगर्दा पक्राउ ।

कन्चनपुर, २४ कात्तिक ।
जिल्ला प्राविधिक कार्यालय कन्चनपुरका जिल्ला इन्जिनियर र सहायक इन्जिनियर ६ लाख रुपैयाँ घुस लिँदैगर्दा पक्राउ परेका छ्न ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग कन्चनपुरले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला इन्जिनियर केदार शर्मा र सहायक इन्जिनियर डण्डीराज पाण्डे रहेका छन् ।

अख्तियार कन्चनपुरका प्रवक्ता खेमानन्द पाठकले शुक्रबार इन्जिनियर केदार शर्माको निवासमा सेवाग्राहीबाट पैसा लिँदैगर्दा उनीहरु दुवैलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

यस्तै, उनीहरु दुवैले ९ लाख र ५ लाख ३० हजारका बैंक चेकसमेत सेवाग्राहीबाट लिएको र सो कार्यालयकै अरु कर्मचारी चेक साट्न कैलाली गएको खुलासा भएपछि सोबारेसमेत अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्