एमाले अध्यक्ष ओलीको संयोजकत्वमा ‘केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन ।

काठमाडौं, २४ कात्तिक ।
नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई प्रभावकारी रुपले सम्पन्न गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी अध्यक्ष ओलीको निवासमा शुक्रबार बसेको बैठकले पार्टी अध्यक्ष ओलीको संयोजकत्वमा २७ सदस्यीय कमिटी गरेको पार्टीका पोलिटब्यूरो सदस्य विष्णु रिमालले जानकारी दिनुभयो ।

कमिटीका सदस्यमा पार्टीका नेता अमृतकुमार बोहरा, मुकुन्द न्यौपाने, डा पुष्पराज कँडेल, रिमाल, रघुजी पन्त, वेदुराम भुसाल, डा विजय पौडेल, अग्नि खरेल, बिन्दा पाण्डे, युवराज कार्की, सावित्री भुसाल र लालबाबु यादव रहनुभएको छ ।

त्यसैगरी डा युवराज खतिवडा, रमेश सिलवाल, हरि फुयाँल, रुद्र नेपाल, केशवप्रसाद बडाल, केदार सञ्जेल, बाबुराम दाहाल, डा सुमित्रा अमात्य, शर्मिला कार्की, मीना ज्ञवाली, खेमराज पौडेल, विष्णु लम्साल, लोकबहादुर भण्डारी र रामचन्द्र बोहरा रहनुभएको छ ।

 

प्रतिक्रया दिनुहोस्