संबैधानिक राजतन्त्रसहित हिन्दु राष्ट्रका निम्ति भक्तपुरमा राष्ट्रिय झण्डा जुलुस निकालिदै ।

काठमाडौ, २५ कात्तिक ।
संबैधानिक राजतन्त्रसहित सनातन हिन्दु राष्ट्रको निम्ति आज भक्तपुरमा राष्ट्रिय झण्डा जलुस पर्दशन गरिने भएको छ ।मातृभुमि सङरक्षण नेपालको अगुवाईमा राजसस्था पुनर्बहाली र हिन्दु राष्ट्र घोषणाको लागि दबाब दिन कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रबादको नाराले शुख पाउँछन् साराले, यहि कात्तिक २५ गते भक्तपुर जाऔ, राष्ट्र, राष्ट्रियता, अखण्डता र स्वाधीनता बचाउ, भन्ने मुल नाराका साथ आयोजित  कार्यक्रममा राष्ट्रिय झण्डासहितको विशाल पर्दसनी हुनेछ ।

कार्यक्रममा विभिन्न राजाबादी संघ/सङगठ तथा स्वाभिमानी नेपाली नागरिक, राजसस्थाप्रती आस्थावान सम्पुर्ण नेपाली नागरिकको सहभागीता रहने आयोजक सस्थाका सयोजक राजन महर्जनले जानकारी दिए । पछिल्लो समय गणतन्त्रबादी दलहरु र नेताहरुका कारण देश र जनताको स्वभिमान र स्वधिनता खतरापूर्ण अबस्थामा पुगेको भन्दै मातृभुमिको रक्षाका निम्ति जनचेतना जगाउने उद्देश्यले नेपाल र नेपालीको प्रतीक चन्द्र शुर्य अङ्कित राष्ट्रिय झण्डासहितको विशाल जुलुस निकालीले तयारी भएको हो ।आसन्न निर्वाचनकालागी दलहरु अपत्यारिलो तरिकाका चुनावी एजेन्डाका साथमा आ-आफ्नै झण्डा बोकि  गाउँगाउँ होमिएको बेला राजाबादिको यो कार्यक्रमलाई निकै अर्थपूर्ण हेरिएको छ । दिउसो एकबजे हुने कार्यक्रममा राजसस्था पुनर्बहाली, सनातन हिन्दुराष्ट्र, राष्ट्रियता नेपाली स्वधिनता र मातृभुमी सङरक्षणका निम्ति आगामी दिनमा गरिने कार्यक्रमका बारेमा बहस र छलफल समेत  हुने जनाएको छ ।

उक्त जागरण मुलक कार्यक्रममा उपस्थितिका निम्ति रास्ट्रप्रेमि, राजासस्थाप्रती आस्थावान नेपाली नागरिक, विभिन्न संघ/सङठनलाइ आग्रह समेत  गरिएको छ ।

 

प्रतिक्रया दिनुहोस्