एसिसी यू–१९ एसिया कप क्रीकेटमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै ।

काठमाडौ,२५ कात्तिक ।
मलेसियामा जारी एसिसी यू–१९ एसिया कप क्रीकेटमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको समूहमा ‘ए’ मा रहेका नेपाल र बंगलादेशबीच किनरारा ओभलमा नेपाली समयअनुसार विहान ७ बजेबाट सुरु हुनेछ। नेपाल र बंगलादेशको युवा क्रिकेट टिमबीच पछिल्लो १० दिनमा चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो।

मलेसिया पुग्नुअघि नेपाली टिम तीन खेलको सिरिज खेल्न बंगलादेश भ्रमणमा गएको थियो। सुरुवाती दुई खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो।

यसअघि हिजो भएको पहिलो दिन हिजो भारत, अफगानिस्तान र श्रीलंका विजयी भएका छन् । नेपाल रहेको समूह एमा भारतले आयोजक मलेसियालाई २ सय २ रनको फराकिलो अन्तरले हरायो ।

अर्को समूहमा अफगानिस्तानले पाकिस्तानलाई र श्रलिंकाले संयुक्त अरब इमिरेट्स (युएई) लाई समान ७ विकेटले हराएको थियो ।

 

प्रतिक्रया दिनुहोस्