गोंगबुमा पानी ट्याङकरको ठक्करबाट नेपालगंजका एक युवको मृत्यु ।

काठमाडौं, २५ कात्तिक ।
काठमाडौंको गोंगबुमा पानी ट्याङकरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बा १ क ६९५० नम्बरको पानी ट्याङकरको ठक्करबाट बाँकेको नेपालगंज घर भई हाल काठमाडौं गोंगबु बस्दै आएका २२ बर्षीय कृष्ण खड्काको मृत्यु भएको हो ।

प्रहरीका अनुसार ट्याङ्करको ठक्कर बाट गम्भीर घाइते भएका खड्काको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो ।

ट्याङ्कर चालकलाई महानगरीय प्रहरी प्रभाग गोंगबुले नियन्त्रणमा लिएको जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्