कैलालीमा बस दुर्घटना: २७ यात्रु घाइते, उद्दार कार्य जारी ।

कैलाली,२६ कात्तिक ।
कैलालीको चुरे गाउँपालिका–३ धपेनीमा आज बिहान बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस बिहान दुर्घटनामा परेको हो ।अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना७ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवलदार वीरसिंह धामीलेलाई जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताए । उनले गम्भीर घाइते पाँचजनालाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पतालतर्फ पठाईएको बताए ।

बस दुर्घटनामा परी घाइतेको सशस्त् प्रहरी र नेपाल प्रहरीको टोलिले उद्दार गरिरहेका छ्न । बस दुर्घटनाको थप जानकारी आउन भने बाकी छ ।

 

प्रतिक्रया दिनुहोस्