झापाबाट ओलीले भने: माओवादीसङ्ग मंंसिर ९ गते पार्टी एकाताको चर्चा निराधार हो ।

काठमाडौं, २६ कात्तिक ।
नेकपा एमाले र माओवादी केन्द्रबिच मंंसिर ९ गते पार्टी एकाताको चर्चा चुलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको बिपरित प्रतिक्रिया दिएका छ्न ।बिभिन्न संचारमाध्यम र सामाजिक सञ्जालमा ९ गते नै एकता हुने समाचार सार्वजनिक भएपछि ओलीले मंसिर २१ गतेको चुनाव पछिमात्र माओवादीसँग पार्टी एकता हुने बताएका छन् ।

निर्वाचन अभियानका क्रममा गृहजिल्ला झापामा रहेका ओलीले विपक्षीले मंसिर ९ गते पार्टी एकीकरण हुने हल्ला फिजाएको आरोप समेत  लगाए । उनले चुनाव अगाडि नै पार्टी एकताको बिषयमा  ‘निराधार हल्ला’ चलाइएको भन्दै  यसअघि घोषणा गरे बमोजिम नै निर्वाचनपछि मात्र पार्टी एकता हुने प्रष्ट पारे ।

अहिले  हामी आ–आफ्नो निर्वाचन अभियानमा छौं । म झापामा छु, प्रचण्डजी चितवनमा हुनुहुन्छ । हामीहरुबीच मंसिर ९ गते पार्टी एकता गर्ने बारे कुरा पनि भएको छैन ओलीले भने हामीले असोज १७ गते नै घोषणा गरेका छौं, निर्वाचनमा तालमेल र त्यसपछि पार्टी एकता हुन्छ ।’

उनले  वाम तालमेलबिरोधी शक्तिहरुले योजनाबद्ध रुपमा त्यस्तो भ्रामक प्रचार गरेको भन्दै त्यसमा विश्वास नगर्न समेत आग्रह गरे । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत गौरादहमा आज  बिहान भएको कार्यक्रममा बोल्दै ओलिले  मंसिर १० गतेदेखि एकता हुँदैन भनेर हल्ला चलाउनेहरुले नै ९ गते एकताको हल्ला चलाएको टिप्पणी गरे ।

वाम गठवन्धनबाट हतास भएकाहरुले गठवन्धन बिरुद्ध यस्ता गलत प्रचार गरिरहेको र त्यसलाई वाम, प्रगतिशील र राष्ट्रवादी शक्तिले बुझेको समेत बताए ।

प्रतिक्रया दिनुहोस्