काङ्ग्रेस उम्मेदवार भन्छ्न: ०३६ को जनमत संग्रहको झझल्को दिने निर्वाचन भयो ।

लोकेन्द्र रावल टीकापुर,२६ कात्तिक ।
देशको निर्वाचनमय यस वातावरणलाई नेपाली काङ्ग्रेसका उम्मेदवारहरुले २०३६ सालको निर्दल र वहुदलको जनमत संग्रहको झझल्को दिने खालको रहेको विश्लेषण गरेका छन् ।कैलालीका विभिन्न क्षेत्रमा नेपाली काङ्ग्रेसवाट उम्मेदवार रहेका उनीहरुले क्षेत्र नं.१ मा शनिबार आयोजित विभिन्न कार्यक्रमलाई सम्वोधन गदैं उक्त धारणा राखेका हुन् । उनिहरुले हिजो राजाको निरंकुशताको अन्त्यका लागी वहुदलका पक्षमा रहेका सवै लोकतन्त्रवादीहरुले देशमा अर्को निरंकुशता स्थापित हुन नदिन लोकतन्त्र पक्षधर मोर्चामा खुलेर लाग्नु पर्ने अवस्था आएको वताएका छन् ।

देश यतिवेला दुई ध्रुवमा स्पष्ट रुपमा विभाजित भएकाले लामो संघर्ष पछि प्राप्त उपलव्धीको रक्षाका लागी र संविधानको कार्यन्वयनका लागी लोकतन्त्रवादीको विजय आवश्यक रहेको उनिहरुको भनाई छ । नेपाल शिक्षक संघ कैलालीद्धारा टीकापुरमा आयोजित भेटघाट कार्यक्रममा वोल्दै क्षेत्र नं. १,२ र ३ का प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारहरुले समाज रुपान्तरणको संवाहकका रुपमा रहने शिक्षकहरुले लोकतन्त्रको रक्षाका लागी पटक पटक योगदान पु¥याउदै आएकोमा धन्यवाद दिदै फेरी एकपटक शिक्षकहरु को देशलाई सहयोग आवश्यक रहेको तथ्य औल्याएका छ्न ।

भेटघाट कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं क्षेत्र नं. १ प्रतिनिधि सभा उम्मेदवार ईश्वरी न्यौपानेले यो लोकतन्त्रवादीहरुको मोर्चा सवै वर्ग र समुदायको प्राप्त उपलव्धीको रक्षा र थप उपलव्धी प्राप्त गर्नकै लागी भएको वताउदै अव कैलालीमा कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने वताउनुभयो ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाहले नेपाली कांग्रेसको विचार प्रति आस्थावान शिक्षक,कर्मचारी र सवै पेशाकर्मी लाई आफ्ना उम्मेदवारलाई विजय गराउन सवै प्रकारले सहयोग पु¥याउन निर्देशनात्मक आग्रह गर्नु भयो । स्थानिय विकास राज्यमन्त्रि तथा क्षेत्र नं. १ कैलाली १ का प्रदेश सभाका उम्मेदवार जनकराज चौधरीले यतिवेला लोकतन्त्रवादी र वामपन्थी दुई कित्तामा छन् । त्यसैले हामी कतै वामपन्थीहरुले हामीले पाएको उपलव्धीलाई धरासायी वनाउने त होईनन् ? भन्ने आशंकाले एक कित्तामा उभिएको वताउनुभयो ।

फोरम लोकतान्त्रीक र नेपाली कांग्रेस एकिकरण राष्टूको आवश्यकता र समयको माग भएको विषयमा विस्तारमा वताउदै थारु समुदायको हक रक्षा र थप उपलव्धी का लागी नेपाली काूग्रेसले खेलेको भूमिकाको उहाले प्रशंसा गर्नभयो । देश हिजो संविधान निर्माणको चरणमा भएकाले सवै क्षेत्र वर्ग समुदाय र जात जातिले आफ्नो अधिकार सुनिश्चित गर्न क्षेत्रिय र जातीय मुद्दालाई उठान गर्दा साना दल जन्मीएको यथार्थता प्रस्तुत गर्दै राज्य मन्त्रि चौधरीले अव आफ्नो अधिकारको रक्षाका लागी लोकतान्त्रिक शक्ति एक हुनु परेको वताउनुभयो ।

त्यसैगरी पूर्व शिक्षा राज्य मन्त्रि तथा कैलाली क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार मोहनसिंंह राठौरले यो निर्वाचन जनमत संग्रहकै रुपमा रहेको विचार पटक पटक दोहोर्याउदै निरंकुशताका विरुद्ध संघर्ष गरेको आफ्नो राजनीतिक ईतिहास रहेकाले आफू लोकतान्त्रीक मोर्चामा वाधीएको विचार राख्नुभयो ।

कैलाली क्षेत्र नं. १प्रदेश सभा २ का उम्मेदवार डा.रणवहादुर रावलले देशलाई लामो राजनीतिक अस्थीरतावाट माथि उठाउन अव लोकतान्त्रिक शक्ति वलियो हुन जरुरी रहेको वताउदै वाम मोर्चाले देशलाई फेरी अस्थीर वनाउन चाहेको धारणा राख्नु भयो । उहाँले यो जनमत संग्रह देशलाई विकासको गतीका लैजाने र देशलाई राजनीतिक भूमरिमा फसाउने विच भईरहेको विश्लेषण गर्नुभयो ।

क्षेत्र नं. २ प्रदेश सभा १ का उम्मेदवार हिमवहादुर रावलले लोकतान्त्रिक शक्तिलेमात्र देशलाई राजनीतिक स्थीरता दिनसक्ने भन्दै सवैले पाएको राजनीतिक उपलव्धीको रक्षाका लागी रुखमा भोट हाल्नु पर्ने वताउनु भयो ।

कार्यक्रम नेपाल शिक्षक संघका अध्यक्ष गणेश ओझाको सभापतित्वमा भएको थियो । उम्मेदवारहरुले शनिवार टीकापुर दुगौली नारायणपुर लगायत विभिन्न क्षेत्रमा आफ्ना चुनावी कार्यक्रमहरुलाई सम्वोधन गरेका थिए ।

 

प्रतिक्रया दिनुहोस्