सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइरालाको कांग्रेस यात्रा सुरु ।

काठमाडौं, २६ कात्तिक ।
सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा आज आयोजित एक कार्यक्रमकाबिच पार्टीमा स्वागत गर्नुभएको हो । चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले देशको आर्थिक वृद्धी र समृद्धी कांग्रेसबाट मात्रै सम्भव भएको बताउँदै पार्टी प्रवेश गर्नुभएको हो ।

कोइरालाले लोकतन्त्र बाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्विकार नगर्ने बताउर्दै लोकतन्त्रलाई थप वजवुत गराउन सबैलाई कांग्रेसमा मतदान गर्न पनि आह्वान गर्नुभयो ।

 

 

प्रतिक्रया दिनुहोस्