नेपालगन्जबाट ७ हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरीका जवान अख्तियारको नियन्त्रणमा ।

बाँके, २७ कात्तिक ।
नेपालगन्जमा ७ हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरीका जवान शम्भुप्रसाद आचार्य अख्तियारको फन्दामा परेका छन ।आयोगको कार्यालय कोहलपुरको टोलीले नेपालगञ्जको खजुरारोडबाट सशस्त्र प्रहरी बलको नेपालगञ्ज कारकादौंमा रहेको औद्योगिक सुरक्षा गणमा कार्यरत आचार्यलाई सात हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेकोे हो ।

घुस सहित पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण नेपालगन्जमा कार्यरत सशस्त्र प्रहरी जवान शम्भु प्रसाद आचार्य रहेका छन् ।

भन्सार छली गरेर सामान नेपालगन्ज भित्र्याउने तस्करसँग घुस लिदालिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कोहलपुरको टोलीले नेपालगन्जको धम्बोझी चोकबाट उनलाई आज रङ्गेहात सशस्त्र प्रहरी जवानलाई पक्राउ परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कोहलपुरका प्रमुख एसपि इश्वर कार्कीले भन्सार छली गरेर ल्याएको समान छुटाइदिने भन्दै घुस लिइरहेको अवस्थामा शशस्त्र प्रहरी जवानलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

शशस्त्र प्रहरी जवान आचार्यलाई अनुसन्धानमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारको कोहलपुर कार्यालयले जनाएको छ । बाँकेमा केही दिनअघि विद्युतका कर्मचारीलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको थियो  ।

 

प्रतिक्रया दिनुहोस्