प्रधानमन्त्री देउवा आज नेपालगन्ज आउदै, चुनावी सुरक्षालगाएतका बिषयमा छ्लफल गर्ने ।

कोहलपुर, २८ कात्तिक ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाकेको नेपालगन्जबाट आजदेखि पश्चिम नेपालको औपचारिक भ्रमण सुरु गर्ने भएका छ्न ।आसन्न निर्वाचनको लागि निर्धारित भ्रमण कार्यक्रम अनुसार देउवा आज बिहान नेपालगन्ज आई पुग्ने कार्यक्रम छ । नेपालगन्जमा प्रधानमन्त्री देउवाले निर्वाचनका लागि समग्र बाके जिल्लाको शान्ति सुरक्षा अबस्थाका बिषयमा मध्याह्न  प्रशासनिक निकायका प्रमुख तथा प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गर्ने भएका छ्न ।

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणका अनुसार प्रधानमन्त्री देउवाले नेपाली काङ्ग्रेस बाकेका उम्मेदवार तथा कार्यकर्तासँग पनि आजै भेटघाट गर्ने कार्यक्रम रहेको छ । यसैगरी देउवाले अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसहित स्थानीय नेताहरुसङ्ग समेत औपचारिक भेटघाट गर्ने बताइएको छ ।

भोलिपल्ट धनगढी पुग्ने देउवाले पार्टीका उम्मेदवार तथा नेता–कार्यकर्ताहरुसँग भेटघाट गर्नुका साथै अन्य पार्टीका नेता–कार्यकर्तासँग पनि छलफल गर्ने कार्यक्रम रहेको संयोजक खाँणले जानकारी दिए।धनगढीमा प्रधानमन्त्री देउवाले सुदूर पश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री देउवा ३० गते गृहजिल्ला डडेलधुरा पुग्नेछ्न । मंसिर १ गते देउवाले दार्चुला र बैतडीमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

यसैगरी देउवाले मंसिर २ गते बझाङ र बाजुराका आमसभाहरुलाई समेत सम्बोधन गर्नेछ्न भने त्यसपछि रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभाहरुलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रया दिनुहोस्