चुनावी अभियान: कोहलपुरमा बाम गठबन्धनको एकैदिन तीन स्थानमा कार्यक्रम हुदै ।

कोहलपुर, २८ कात्तिक ।
आगामी मङ्सिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बाम गठबंधनले कोहलपुरमा चुनावी अभियान तिब्र पारेको छ ।गठबन्धनले आफ्नो पक्षमा बहुमत पार्नका लागि कोहलपुरका विभिन्न वडाहरुमा चुनावी अभियान, प्रचारप्रसार, घरदैलो तथा वडास्तरीय सभालगाएतका कार्यक्रम तिब्र पारेको हो ।

यसैक्रममा गठबन्धनले कोहलपुरका वडा नम्बर १ र दुईमा आज तिनवटा कार्यक्रम गर्ने भएको छ । बाम गठबन्धन निर्वाचन परिचालन कमिटी क्षेत्र नम्वर १ (ख) बाकेले दिएको जानकारी अनुसार आज कोहलपुर वडा नम्बर १ को कौशिलानगर, वडानम्वर २ को मनकामना चोक र बर्दहवामा वडा स्तरीय चुनावी सभा हुनेछ्न ।

कौशिलानगरमा आयोजना गरिएको कार्यक्रम बिहान ८ बजे, मनकामना चोकमा मध्याह्न १२ बजे र बर्दहवामा आयोजना गरिएको कार्यक्रम दिउँसो तीन बजे हुनेछ ।कार्यक्रममा उपस्थितिका लागि गठबन्धनले सम्पुर्ण वडाबासिलाई आग्रह गरेको छ ।

आसन्न निर्वाचनका लागि गठबन्धनले प्रतिनिधि सभातर्फ बाके क्षेत्र नम्बर १ बाट महेश्वर गहतराज र प्रदेश सभातर्फ क्षेत्र नम्बर १ को (२) बाट आरती पौडेललाई उम्मेदवार बनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्