राजसस्थाबादीको अगुवाईमा पाटनदेखी हनुमानढोकासम्म राष्ट्रिय झण्डा फहराईदै ।

काठमाडौ, २८ कात्तिक ।
राष्ट्र, राष्ट्रियता र स्वाधीनताका लागि दबाब दिने उदेश्यले मातृभुमि संरक्षण नेपालको आयोजनामा मंसिर १ गते ललितपुरमा राष्ट्रिय झण्डा जुलुस निकालिने भएको छ ।

राजसस्था पुनर्बाहालि सङ्गै सनातन हिन्दु राष्ट्रका निम्ति पटकपटक विभिन्न कार्यक्रम गर्दै आएको राजाबादी निकट मानिएको मातृभुमि संरक्षण नेपालले आउदो मंसिर १ गते ललितपुरमा बिशाल राष्ट्रिय झण्डा जुलुस निकाल्ने तयारी भएको जनाएको छ ।

देशको राष्ट्रियता र गुम्न लागेको नेपाली स्वाधीनताको संरक्षणको एकमात्र विकल्प राजासहितको हिन्फु राष्ट्र भएको भन्दै दबाब मुलक कार्यक्रम स्वरुप राष्ट्रिय झण्डा जुलुस प्रदशनको कार्यक्रम आयोजना गरिएको आयोजक सस्थाका सयोजक राजन महर्जनले हिमाली टाइम्सलाई जानकारी दिए । उनले ललितपुरको  पाटन ढोकाबाट हनुमानढोका दरवारसम्म जुलुस निकालिने बताए ।

कार्यक्रममा  विभिन्न राजाबादी संघ/सस्था, राजसस्थाप्रती आस्थावान नेपाली नागरिकहरुको बाक्लो उपस्थित रहने उनले बताए । कार्यक्रमको लागि आबस्यक सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको महर्जनले बताए । उनले कार्यक्रममा सहभागी सबैको  हातमा चन्द्र सुर्य अङ्कित नेपालको राष्ट्रिय झण्डासहित पर्दशन गर्ने बताए ।

 

प्रतिक्रया दिनुहोस्