जुम्लाको गोठिचउरमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको ज्यान गयो ।

जुम्ला, २८ कात्तिक ।
ट्याक्टर दुर्घटनामा परि जुम्लाको गोठिचउरमा दुईजनाको ज्यान गएको छ ।डोल्पाबाट जुम्लातर्फ आउँदै गरेको भे १ च ७३८६ नम्वरको ट्याक्टर गएराती करिब १० बजे तिर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा जुम्ला अमरखोलाका १७ बर्षीय नलि धरालाको ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएका अर्का मृतकको परिचय खुल्न सकेको छैन ।

 

प्रतिक्रया दिनुहोस्