क्षेत्रीय सुरक्षा सम्मेलनको प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने ।

नेपालगन्ज, २८ कात्तिक ।
आगामी मङ्सिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बाकेको नेपालगन्जमा आज सुरक्षा रणनीति तय गरिदैछ ।निर्वाचन लाई सहज रूपमा सप्पन्न गर्नकालागी आज क्षेत्रीय सुरक्षा सम्मेलनको आयोजना गरिएको छ । सम्मेलनमा साविकको मध्यपश्चिमका १६ जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु सहभागी हुनेछ्न ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले दिएको जानकारी अनुसार सम्मेलनको विहान ११ बजे गृहमन्त्री समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा सुरक्षा अधिकारीहरुले निर्वाचन सुरक्षाका लागि जिल्लामा गरेको तयारी, चुनौतिका बिषयमा बिफ्रिङ गर्नेछन् । गृह सचिव मोहनकृष्ण सापकोटा, गृह प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाल राष्ट्रिय अनुसन्धानका महानिरीक्षक दिलिपराज रेग्मी लगायतको गोष्ठिमा सहभागीता रहने प्रमुख जिल्ला अधिकारी केसीले वताउनुभयो ।

उच्च सुरक्षा अधिकारीहरुको आगमनलाई मध्येनजर गरेर आज विहानैदेखि नेपालगन्जको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

प्रतिक्रया दिनुहोस्