उम्मेदवार माथिको आक्रमणप्रती प्रधानमन्त्री देउवाको ध्यानाकर्षण ।

कोहलपुर, २८ कात्तिक ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनका लागी सुरक्षा व्यवस्था मजबुत पार्न सुरक्षा निकायका  प्रमुखहरूलाई निर्देशन दिएका छ्न ।बाँकेको नेपालगन्जमा आज आयोजित क्षेत्रीय सुरक्षा सम्मेलनको उदघाटन गर्दै देउवाले यस्तो निर्देशन दिएका हुन । पछिल्लो केहिदिनयता चरणबद्द रूपमा उम्मेदवार माथी आक्रमणका घटना भैरहेको प्रती दुख ब्यक्त गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयनमा आशङ्का पैदा भएको बताए । उनले सुरक्षा व्यवस्थालाई बलियो पार्न सुरक्षा निकायका सबै अङ्गहरुलाई निर्देशन दिए । निर्वाचनलाई भएरहित तरिकाले समपन्न गर्नका लागि निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयनमा जोड दिए ।

गृहमन्त्री समेत रहेका प्रधानमन्त्री देउवाले आसन्न निर्वाचन लाई मद्यनजर गर्दै सुरक्षा निगरानीमा कडाई र विशेष ध्यान दिन आग्रह गरे । कार्यक्रममा साविकको मध्यपश्चिमका १५ जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरुको सहभागीता रहेको थियो ।प्रधानमन्त्री देउवाले सुरक्षा सम्मेलनमा सुरक्षा अधिकारीहरुले निर्वाचन सुरक्षाका लागि जिल्लामा गरेको तयारी, चुनौतिका बिषयमा बिफ्रिङ समेत गरेका थिए  ।

कार्यक्रममा गृहसचिव मोहनकृष्ण सापकोटाले उम्मेदवारहरुमाथी कुनै पनि खालको घटना हुन नदिनका लागि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए पनि बारम्बार घटना भइरहेको भन्दै जिल्लास्तरमा सुरक्षा योजनाको कार्यान्वयनमा कमजोरी रहेको बताउनुभयो ।

कार्यक्रममा निर्वाचन आयोगका आयुक्त सुधिर शाह, नेपाल प्रहरीका महानिरिक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरिक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका  बलाधिकृत रथी बलराम थापा, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिप रेग्मी लगायतको सहभागिता रहेको छ  ।

  

प्रतिक्रया दिनुहोस्