मधुमेह दिवसको अवसरमा निःशुल्क रगत परीक्षण ।

लोकेन्द्र रावल टीकापुर २८, कात्तिक ।
मधुमेह दिवसको अवसरमा आज कैलालीको टीकापुरमा निशुल्क रगत परिक्षण गरिएको छ ।लाईन्स क्लब अफ टीकापुर, लाइन्स क्लब अफ टीकापुर सीटी र लाइन्स क्लब अफ टीकापुर टाउनको संयुक्त आयोजना तथा साथी अस्पताल टीकापुरको सहयोगार्थमा निःशुल्क रगत परिक्षण कार्यक्रम गरिएको हो ।

लाइन्स क्लब अफ टीकापुरका पूर्व अध्यक्ष एवम् कार्यक्रमका संयोजक गोपीराम जैशीको सभापतित्वमा शुरु भएको कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र वहादुर रावल प्रमुख अतिथि रहनुभएको थियो, भन्ने साथी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर शर्मा बिष्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रावलले आफ्नो रगत परिक्षण गराई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रावलले लाइन्स क्लबले यो क्षेत्र र समाजको लागि राम्रो कार्य गर्दैआइरहेको बताउँदैे उहाँले साथी अस्पतालले पनि छोटो अवधिमा राम्रो कार्य गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले मधुमेह भनेको के हो भन्ने बारे जनचेतना फैलाउन आवश्यक रहेको बताउनु भयो ।

विशिष्ट अतिथि शर्माले हाम्रो शरीरमा रहेको प्यानक्रियाजले उत्पादन गर्ने रस इन्सुलिङ यदि उत्पादन गरेन या थोरै ग¥यो भन्ने मधुमेह हो भन्नुभयो । उहाँले यो रोग लाग्यो भन्ने धेरै पिसाब, तिर्खा, भोक लाग्ने, थकान हुने, आँखा धमिलो हुने बताउनुभयो । यस्तो भएमा नजिकको स्वास्थ्य चौकी,अस्पतालमा गएर परिक्षण गराउनुपर्ने बताउनुभयो । साथै नियमित औषधि सेवन, खानपिनमा ख्याल गर्नुपर्ने, नियमित कसरतले यो रोग संग लड्न मद्दत गर्दछ भन्नुभयो । उहाँले यो रोग सानो भएपनि मानिसहरुले ख्याल नगर्ने हुनाले यसले ठूलो रुप लिंदै गरेको बताउनु भयो । यो रोगलाई सानो नसम्झन उहाँले सबैमा आग्रह गर्नुभयो ।निशुल्क रगत परिक्षणमा १ सय १५ जनाले सेवा लिएको र जसमध्ये ४५ जनामा मधुमेह भटिएको साथी अस्पतालका अध्यक्ष शंकर शर्माले बताउनुभयो ।

कार्यक्रममा लाइन्स क्लब अफ टीकापुर सीटीका अध्यक्ष पार्वती जैशी, लाइन्स क्लब अफ टीकापुर टाउनका अध्यक्ष ढवेन्द्र रावल लगायतको उपस्तिी रहेको थियो । लाइन्स अफ टीकापुरका अध्यक्ष नारायण प्रसाद न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रमको संचालन प्रथम उपाध्यक्ष तेजराज खनालले गर्नु भएको थियो ।

 

प्रतिक्रया दिनुहोस्