एमालेको निर्वाचन प्रवक्तामा विष्णु रिमाल ।

काठमाडौं२८ कात्तिक ।
मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिचालनका लागि नेकपा एमालेले विष्णु रिमाललाई प्रवक्ता तोकेको छ। एमाले पोलिटब्युरो सदस्य रिमाललाई आगामी निर्वाचनका लागि आधिकारिक सूचना सम्प्रेषण पुष्टि तथा मिडिया समन्वयका लागि प्रवक्ताको जिम्मेवारी दिइएको हो। निर्वाचन परिचालन कमिटीका संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकेको परिचालन कमिटीद्वारा जारी विज्ञप्तिमा बताइएको छ।

बैठकले निर्वाचनको क्रममा थप समन्वयको जिम्मा अन्य नेतालाई दिएको छ। बैठकले निर्वाचन आयोगतर्फ समन्वयका लागि पोलिटब्युरो सदस्य अग्नि खरेल र प्रशासनतर्फ समन्वयको जिम्मेवारी केन्द्रीय सदस्य युवराज कार्कीलाई दिएको छ। बैठकले कमिटीको सदस्यमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई थप गरेको छ।

बैठकले विभिन्न जिल्लामा वाम गठबन्धनका उम्मेदवारमाथि भइरहेको आक्रमण र निर्वाचन आचारसंहिता विपरितका कामप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ।

 

प्रतिक्रया दिनुहोस्