कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प, उद्वार कार्य जारी ।

दक्षिण कोरिया, २९ कात्तिक ।
कोरियामा बुधवार अपरान्ह ५ .४ रेक्टर स्केलको भूकम्प गएको छ l 

स्थानीय समय अनुसार २ बजेर ३० मिनेट जादा राजधानी सोल देखि ३ सय किलोमिटर टाढा फोहान सहरलाइ केन्द्र बिन्दु बनाएर गएको उक्त भूकम्प पछी लगातार पराकम्पहरु आएको थियो l

भूकम्पको केहि मिनेट मै पहिलो पराकम्प महसुस गरिएकको थियो भने ३ बजेर ९ मिनेट जादा पुन अर्को ३.६ रेक्टर स्केलको पराकम्प गएको कोरिया मेट्रोलोजीकल एड्मिनिस्टे्रसन (केएमए )ले जनाएको छ l

भूकम्पको धक्का राजधानी सोल बुसान ,उल्सान,जेजु लगाएत देशका अधिकांश स्थानहरुमा महसुस गरिएको कोरियाली संचार माध्यम हरुले जनाएका छन् l भूकम्पले दर्जनौ भवन तथा गाडीहरुमा क्षति पुर्याएको छ l

भूकम्पको कारण घाइते भएका ७ जनालाई तुरुन्तै उद्वार गरिएको छ भने क्षति बारे थप बिबरण आउन बाकि रहेको जनाएको छ l

सरकारले तत्काल उद्वारको लागि आपतकालीन हट लाइनको ब्याबस्था गरेको छ l सोल देखि दक्षिण पुर्बी क्षेत्रमा रहेको परमाणु उर्जा तथा औद्योगिक क्षेत्रमा भने कुनै क्षति नपुगेको जनाइएको छ l

कोरियामा सन् १९७८ देखि यता गएको यो दोस्रो ठुलो भूकम्प हो l यस भन्दा पहिला गत बर्षको सेक्टेम्बरमा ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो l

 

प्रतिक्रया दिनुहोस्