बाँकेमा गठबन्धनको चुनावी प्रचारप्रसार तिब्र, घरदैलोसहितका कार्यक्रमले तिब्रता पाउदै ।

कोहलपुर, २९ कात्तिक ।
आसन्न निर्वाचनका लागि बाम गठबन्धनले बाकेका विभिन्न स्थानहरुमा चुनावी प्रचारप्रसारको अभियान सम्पन्न गरेको छ ।गठबन्धनले उम्मेदवार सहित बाँके निर्वाचन क्षेत्र नं. २ र ३ का विभिन्न स्थानमा घरदैलोसहितका कार्यक्रम सम्पन्न गरेको हो । आफ्नो पक्षमा बहुतमत पार्न    निर्वाचन क्षेत्र नं. २ (ख) नेपालगन्जको एकलैनी, क्षेत्र नम्बर ३ का जयसपुर, निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश (१) को आयोजनामा रनियापुरमा चुनावी अभियान तथा घरदैलो कार्यक्रम गरेको छ ।

नेपालगन्जमा भएको कार्यक्रममा बाँके निर्वाचन क्षेत्र नंं. २ बाट प्रतिनिधि सभाको लागि प्रत्यक्ष तर्फका उम्मेदवार पशुपति दयाल मिश्र, समानुपातिक तर्फका उम्मेदवार रुवी खान पठान, र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ ( ख) का प्रत्यक्ष तर्फका उम्मेदवार बिजय गुप्ता समानुपातिक उम्मेदवार तलत प्रविण खान, आदेशकुमार अग्रवाल, पार्वती पुन, कलामुन अन्सारीलगायतका उम्मेदवार सहितको टोलीले मतदाता समक्ष पुगेर मत मागेका थिए ।

स्थायी सरकार र मुलुकको विकासको लागि बाम गठबन्धनलाई मत दिन आग्रह गर्दै बाम गठबन्धनका उम्मेदवार पशुपति दायाल मिश्रले देशको समृद्धि र  विकासको लागि बाम गठबन्धनलाई भोट दिन आग्रह गरे । प्रचारप्रसारका क्रममा  बाँके निर्वाचन क्षेत्र नं. २ (ख) का प्रत्यक्ष उम्मेदवार विजय गुप्ताले समग्र बाँके र नेपालगन्जको विकासको लागि बाम गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे ।

यसैगरी बामगठबन्धन क्षेत्र न.३ को जयसपुरमा पनि गठबन्धनले घरदैलो कार्यक्रम गरेको छ । कार्यक्रममा पुगेका क्षेत्र नम्बर ३ का उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमलाई पुर्ब गाविस अध्यक्ष कलिम अन्सारी लगायतका स्थानीय मतदाताले उम्मेदवारहरुलाई भव्य स्वागत गरेका छ्न ।

चुनावी अभियानका क्रममा अन्सारीले यसपटक जयसपुरका मतदाता बाम गठबन्धनको पक्षमा रहेको बताए । जयसपुरमा घरदैलोका लागि उम्मेदवारद्धय रोकाय र गौतमसहित निर्वाचन परिचालन कमिटिका संयोजक दलबहादुर सुनार, बाम गठबन्धनका नेताहरु इन्दबहादुर थापा, रक्षाराम बर्मा लगायत पुगेका थिए ।

मतदाताको घरदैलोमा पुग्दा उम्मेदवारद्धय रोकाय र गौतमलाई मुस्लिम समुदायका जेष्ठ नागरिकहरुले विजयीका लागि शुभकामना समेत दिएका थिए ।

उता बाम गठबन्धन निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश १ को आयोजनामा रनियापुरमा बुधबार भेला भएको छ । भेलामा प्रदेशसभाका उम्मेदवार आईपी खरेलले रनियापुर अहिलेपनि शोषण र उत्पिडनमा परेको भन्दै विकास र अधिकारका लागि बाम गठबन्धनलाई जिताउन अपिल गरेका छ्न ।

कार्यक्रममा बाम गठबन्धनका नेताहरु रत्न खत्री, डम्बर विक, शालिकराम खडका, गुमान दमाई लगायतले राजनीतिक स्थायीत्वका लागि बाम गठबन्धनलाई जिताउन अपिल गरेका छ्न ।

उक्त चुनावी कार्यक्रममा क्षेत्र नम्बर ३ प्रदेश (१) का उम्मेदवार आईपी खरेलसहितको टोलीलाई मुस्लिम मतदाताले स्वागत गरेका थिए ।

 

प्रतिक्रया दिनुहोस्