धनगढीबाट पेस्तोलसहित एक युवक पक्राउ ।

कैलाली,३० कात्तिक ।
प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिकाबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा क्षेत्रीय निर्वाचन सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी रहेका बेला प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी ८ बस्ने २२ वर्षीय राकेश चौधरी रहेका छ्न । उनलाई बुधबार राती साढे ९ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर ७, बोरिङ नजिकबाटपक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौधरीको साथबाट एक थान पेस्तोल बरामद भएको छ । वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाको टोलीले चौधरीलाई पक्राउ गरेको हो । चौधरी माथी थप अनुसन्धान भइरहेको थापाले बताए ।

 

 

प्रतिक्रया दिनुहोस्