बाकेमा काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान तिब्र ।

नेपालगन्ज, ३० कात्तिक ।
काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले बाकेमा चुनावी अभियानलाई तिब्र पारेको छ ।

आगामी मङ्सिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका निम्ति जिल्लामा लोकतान्त्रिक गठबन्धनले घरदैलो,भेटघाटलगाएतका चुनावी प्रचारप्रसारका कार्यलाई तिब्र पारेको हो । चुनावी अभियानका क्रममा लोकतान्त्रिक गठबन्धनले जिलाको क्षेत्र नम्वर ३ मा बिहानैदेखी उम्मेदवार सहित चुनावी अभियान सुरु गरेको जनाएको छ ।

उक्त स्थानमा प्रतिनिधि सभा उम्मेदवार बादशाह कुर्मी, प्रदेशसभा ३ (क)का उम्मेदवार चन्तराम थारु र ३ (ख) का उम्मेदवार लक्ष्मीनारायण शाहले आज विहानैदेखि घरदैलो अभियान सुरु गर्नुभएको हो ।

आज विहान खजुराको धौलागिरी, मनकामना तथा दिउँसो सोनपुरमा चुनावी घरदैलो, कार्यकर्ता भेटघाट गरिने चुनावी प्रचारप्रसार समितिले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्