देउवा भन्छ्न: बाम गठबन्धनले निर्वाचनलाई केही फरक पार्दैन ढुक्क हुनुहोस बहुमत काङ्ग्रेस कै आउँछ ।

धनगढी, ३० कात्तिक ।
प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट गठबन्धनले चुनावमा कांग्रेसलाई कुनै फरक नपार्ने दाबी गरेका छ्न ।प्रेस युनियन कैलालीले बिहीबार बिहान सदरमुकाम धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा काङ्ग्रेसले नै बहुमत ल्याउने बताए ।

देउवाले डर–त्रासबाट नेपाली जनता मुक्त हुन लागेको बेलामा उनीहरु एक भएका कारण नेपालमा फेरि डर–त्रास आउँछ कि भन्ने जनतामा त्रास छाएको टिप्पणी गरे । कम्युनिष्ट अधिनायकवाद आउँछ कि भनेर जनता डराएका छन प्रधानमन्त्री देउवाले भने त्यसकारण जनता कांग्रेसलाई हिजोको दिनभन्दा बढी भोट हाल्न आतुर छन । प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा जनतालाई निर्धक्कका साथ विवेक प्रयोग गरेर मतदान गर्न आग्रह समेत गरे । देउवाले जनता मतदानमा सहभागी हुन चाहेको बताउँदै सरकारले जनताको मताधिकार सुरक्षित राख्न सुरक्षा व्यवस्था मिलाएको बताए ।

जनतालाई सरकार बनाउने र सरकार परिवर्तन गर्ने अधिकार भएको बताउँदै देउवाले जनता नै यो देशको मालिक भएको बताए । पञ्चेश्वर परियोजना आफूले नै अगाडि बढाएको स्मरण गर्दैै उनले केही समयअघि भएको भारत भ्रमणका क्रममा उक्त परियोजना अघि बढाउने सैद्धान्तिक सहमति भइसकेको बताए ।

 

प्रतिक्रया दिनुहोस्