आठौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता कैलालीको धनगढीमा हुने ।

काठमाडौं, ३० कात्तिक ।
कैलालीको धनगढीमा आठौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । नेपाल गोजुरियो कराते डो युजेनकाई संघको आयोजनामा हुने प्रतियोगितामा आगामी पौष१२ देखि १४ गते सम्म संचालन हुने छ ।प्रतियोगितामा नेपाल सहित भारत, भुटान, बंगलादेश, श्रीलङका र पाकिस्तानका गरि करिव ७५० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले आज राजधानीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । प्रतियोगितामा तीन विभागिय टोली नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल तथा पाँच विकास क्षेत्रका खेलाडीहरुको समेत सहभागिता रहने छ ।

प्रतिस्पर्धामा हालै सम्पन्न ५० औं राष्ट्रिय कराते प्रतियोगितालाई खेलाडी छनोटको आधार लिईएको संघका महासचिव प्रकाश कुमार चन्दले जानकारी दिए । जसमा आयोजक सुदूरपश्चिमाञ्चलको दुई टिमले सहभागिता जनाउने छ ।

४२ स्वर्ण पदकका लागि लागि हुने प्रतियोगितामा उमेर समूह अन्तरगत ७ बर्ष देखि १८ बर्ष उमेर सम्मका र तौल समूहमा ४५ केजी माथीको अन्तराष्ट्रिय नियमानुसारको तौलमा प्रतिस्पर्धा गराईने आयोजकले जनाएको छ ।

२३ लाख ५० हजारको लागत रहेको प्रतियोगितामा टिम कुमुते तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार नगद प्राप्त गर्ने र अन्य विजयी खेलाडी तथा टिमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने सचिव चन्दले बताए ।

प्रतिक्रया दिनुहोस्