निःशूल्क स्वास्थ्य शिविरमा २ सय ३३ जनाले स्वास्थ्य जाँच गराए ।

नेपालगन्ज, १ मङ्सिर ।
बाँकेको राप्तीसोनारी गाउँपालिका ६ डाडटेपरीमा आयोजना गरिएको निःशूल्क स्वास्थ्य शिविरमा २ सय ३३ जनाले स्वास्थ्य जाँच गराएका छन् ।ह्याण्डीक्याप नेपालको सहयोगमा अपाङ सशक्तिकरण एंव सञ्चार केन्द्र डेकले आयोजना गरेको शिविरमा अपाङ्गता भएकासँगै अन्य व्यक्तिहरुले पनि सेवा लिएका डेकका कार्यकारी निर्देशक देविदत्त आचार्यले जानकारी दिनुभयो । नेपालगन्ज मेडिकल कलेज कोहलपुरका फिजिसियन डाक्टर सिर्जन सिलवाल नेतृत्वको टोलीले विरामीहरुको स्वास्थ्य चेकजाँच गर्नुका साथै औषधि निःशूल्क वितरण गरेको थियो ।

त्यसक्रममा छाला, रुघाखोकी, भाइरल ज्वरोलगायतका विरामीहरु धेरै देखिएको डाक्टर सिलवालले वताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि उनीहरुको घरमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्वास्थ्य शिविर गरिएको निर्देशक आचार्यले वताउनुभयो ।

 

प्रतिक्रया दिनुहोस्