कैलालीमा नेकपाका जिल्ला इन्चार्जसहित चार जना पक्राउ ।

कैलाली, १ मंसिर ।
कैलालीमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्जसहित चार जना नेकपाका कार्यकर्ता पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार नेकपाका जिल्ला इन्चार्ज राम बहादुर चौधरीसहित चार जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नेकपाका कार्यकर्ताहरु प्रकाश मल्ल, तपेन्द्र रसाईली र मीनराज गिरीलाई पक्राउ गरिएको छ ।

टीकापुर क्षेत्रबाट तपेन्द्र रसाईली र मीन गिरीलाई पक्राउ गरिएको हो भने कैलालीको धनगढी उप–महानगरपालीकासँग जोडिएका कैलारी गाउँपालिकाको हसुलिया क्षेत्रबाट जिल्ला इन्चार्ज रामबहादुर चौधरी साथै प्रकाश मल्ललाई पक्राउ गरिएको हो ।

प्रतिनिधि तथा प्रदेश सभाको चुनावका उम्मेदवारलाई लक्षित गर्दै बम प्रहार गर्न थालेपछि सरकारले देशैभर
विप्लब माओवादी माथी कडा निगरानी राखेको छ ।

 

प्रतिक्रया दिनुहोस्