पशु कार्यालयमा कार्यरत नायव सुब्बा उपाध्यायको रहस्यमय तरिकाले मृत्यु ।

अछाम, १ मंसिर
अछामको रामारोशन गाउँपालिकास्थित पशु कार्यालयमा कार्यरत नायव सुब्बा धनलाल उपाध्यायको रहस्यमय तरिकाले मृत्यु भएको छ ।अछाम प्रहरीका अनुसार उनको आज बिहान ४ बजे मृत्यु भएको हो । उपाध्यायको एकाएक नाकबाट रगत बगेपछि उनकी श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी टोली र स्वास्थ्यकर्मी पुग्दा उपाध्यायको मृत्यु भईसकेको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

बाजुराको बडिमालिका नगरपालिका–९ घर भएका ३७ बर्षीय उपाध्याय मदिरा सेवन गरिरहने भएकाले मदिराकै कारण ज्यान गएको हुन सक्ने स्थानीयले बताएका छन्  ।

 

प्रतिक्रया दिनुहोस्