कुचो समातेर विद्यार्थि आफैले गरे क्याम्पस परिसरमा सरसफाइ ।

दल बहादुर बिसि कोहलपुर, १ मंसिर ।
बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरमा अद्यनरत विद्यार्थिले आज क्याम्पस परिसरमा  सरसफाइ गरेका छ्न । ´हाम्रो क्याम्पस राम्रो क्याम्पस` भन्ने नारासहित स्वतन्त्र विद्यार्थि युनियनको आयोजनामा सरसफाइ कार्यक्रम  गरिएको हो ।सरसफाइ कार्यक्रममा करिब दर्जन बढी विद्यार्थिको सहभागीता रहेको थियो । क्याम्पस परिसरलाई सरसफाइयुक्त बनाउनका लागि विधार्थिहरुले हात हातमा कुचो समातेर सरसफाइ गरेका थिए ।

पछिल्लो समय बिकसित नगरका रूपमा अघि बढेको कोहलपुरलाई सरसफाइयुक्त बनाउनकालागि नगरपालिकाले समेत विभिन्न चरणमा कार्यक्रम गर्दै अघि बढीरहेको बेला यस प्रकारका कार्यक्रमले थप सरसफाइ अभियानमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रया दिनुहोस्