राजसस्था पुनर्बहालीको मागसहित राष्ट्रिय झण्डा जुलुसले यसरी ढाकियो राजधानी ।(फोटोसहित हेर्नुहोस)

काठमाडौ, १ मंसिर ।
राजा आउ देश बचाउ भन्दै राजधानीमा आज बिशाल प्रदर्शन भएको छ । मातृभुमि संरक्षण नेपालको आयोजनामा बिशाल प्रदर्शन भएको हो ।

राजसस्था पुर्नबहाली र हिन्दु राष्ट्र घोषणाको माग गर्दै आयोजना गरिएको पर्दसनिमा राजाबादी सम्बद विभिन्न संघ/सस्था, राष्ट्रप्रेमि, देशभक्ती नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो । उनिहरुले चन्द्र सुर्य अङ्कित राष्ट्रिय झण्डा सहित प्रदशन गरेका छ्न ।

ललितपुरको पाटनढोकादेखी हनुमानढोका सम्म निकालिएको र्यालिमा सहभागीहरुले सडकबाटै राजसस्था र सनातन हिन्दु रास्ट्र घोषणाको माग गरेका छ्न । उनिहरुले राजा आउ देश बजाउ ,हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ ,जस्ता नारा लगाएका थिए ।मुलुकको पछिल्लो राजनीतिक अवस्थाका कारण देशको स्वाभिमान गुम्ने खतरा बढेको भन्दै देश बचाउनका निम्ति अन्तिम विकल्प राजसस्था पुनरबहाली भएको उनिहरुको माग छ ।

उनिहरुले राजसस्था पुनर्बहाली र हिन्दु राष्ट्र घोषणाका निम्ति जस्तोसुकै परिस्थितिको सामना गर्न समेत पछि नपर्ने चेतावनी समेत दिएको आयोजक सस्थाका सयोजक राजन महर्जनले जानकारी दिए ।

 

 

प्रतिक्रया दिनुहोस्