राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्यसहितको टोलि बामपन्थी गठबन्धनमा प्रबेश ।

कोहलपुर, २ मंसिर ।
बाकेको बैजनाथ गाउपालिका ७ पेडारीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्यसहितको टोलि बामपन्थी गठबन्धनमा प्रबेश गरेको छ ।गठबन्धनले चुनावी अभियानका क्रममा आयोजना गरेको कार्यक्रममा उनिहरु आफ्नो पार्टी परित्याग गरि बामपन्थी गठबन्धनमा प्रबेश गरेका हुन ।  गठबन्धनमा प्रबेस गर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बाके  जिल्ला सदस्य खुसिराम थारु, माधव लामिछाने, सर्वराज रइदास छ्न भने तरुणदल पेडारीका वडा अध्यक्ष प्रेम थारु, सदस्यमा रामभरत थारु रहेको बताइएको छ ।

उनिहरुलाई निबर्तमान साङ्सद तथा बाके क्षेत्र नम्बर ३ (क) का निर्वाचन परिचालन कमिटीका सयोजक दल बहादुर सुनारले फुलमाला र अबिरसहित गठबन्धनमा  प्रबेश गराएका थिए । साथै उनिहरुलाई चुनावी प्रचारप्रसारका लागि उचित जिम्मेवारी समेत प्रदान गरिएको गठबन्धनले जनाएको छ ।

कार्यक्रममा बाके क्षेत्र नम्बर १ को (२) बाट उम्मेदवार बनेकी आरती पौडेल लगाएतको उपस्थिति रहेको बैजनाथ गाउपालिका ७ का इन्चार्ज  प्रेम प्रसाद सुबेदिले जानकारी दिए ।

 

प्रतिक्रया दिनुहोस्