निफन बाँके शाखा देश भरकै उत्कृष्ट शाखाका रूपमा घोषणा ।

नेपालगन्ज, २ मंसिर ।
राष्ट्रिय युवा महासंघ नेपाल (निफन) बाँके शाखा देशभरीबाट उत्कृष्ट शाखाको रुपमा सम्मानीत भएको छ ।राष्ट्रिय युवा महासंघ नेपाल (निफन) को काठमाण्डौमा आयोजित छैटौं केन्द्रिय बार्षिक साधारण सभाको एक भब्य कार्यक्रमका बिच बाँके शाखालाई उत्कृष्ट शाखाको रुपमा घोषणा तथा सम्मान गरिएको हो ।

बार्षिक साधारण सभाको उद्घाटन सत्रमा उत्कृष्ट शाखाको रुपमा राष्ट्रिय सुचना आयोगमा प्रमुख सुचना आयुक्त तथा कार्यक्रमका प्रमुख अतिथि कृष्णहरी बाँस्कोटाले शाखालाई उत्कृष्टताको प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।

राष्ट्रिय युवा महासंघ नेपाल (निफन) युवा तथा युवा संस्था÷क्लबहरुको राष्ट्रिय महासंघ हो । देशका ६९ जिल्ला, ३३८ बढी गाविस र ३२ बढी नगरपालीकामा समिति तथा समुहहरु गठन गरि क्रियाशिल यस संस्थामा हाल ४० बढी युवा संस्थाहरु तथा ६ हजार भन्दा बढी युवाहरु आबद्ध रहेका छन् ।

 

प्रतिक्रया दिनुहोस्