बाम गठबन्धनद्वारा मङ्सिर ८ र ९ गते राप्ती सोनारीमा प्रदेशस्तरीय युवा भेलाको आयोजना ।

कोहलपुर, २ मंसिर ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनकालागि आक्रमक तरिकाले चुनावी अभियान थालेको बाम गठबन्धन बाकेले मङ्सिर ८ र ९ गते प्रदेशस्तरीय युवा भेलाको आयोजना गरेको छ ।

बाम गठबन्धन निर्वाचन परिचालन कमिटी बाके क्षेत्र नम्बर १(ख )को आयोजनामा कोहलपुर/राप्ती सोनारी गाउपालिकामा दुई दिने प्रदेश स्तरीय युवा भेला हुने भएको हो । युवा भेलालाई  प्रतिनिधि सभातर्फ बाके क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका महेश्वर गहतराज र प्रदेश सभातर्फ क्षेत्र नम्बर १ को (१) बाट उम्मेदवार बनेकी कृष्णा केसि (नमुना) र क्षेत्र नम्बर १ को (२) बाट उम्मेदवार बनेकी आरती पौडेलले सम्बोधन गर्नेछ्न ।

गठबन्धनले आफ्नो पक्षमा बहुमत पार्नका लागि यसअघि कोहलपुरका विभिन्न वडाहरुमा चुनावी अभियान, प्रचारप्रसार, घरदैलो तथा वडास्तरीय सभालगाएतका चुनावी कार्यक्रम गरिसकेको छ ।

 

प्रतिक्रया दिनुहोस्