गठबन्धनको नाममा देशमा अधिनायकवाद लाद्ने षडयन्त्र षडयन्त्र भयो: लोहनी ।

नेपालगन्ज , २ मंसिर ।
एकिकृत राप्रपा (राष्ट्रवादी)का केन्द्रीय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बाम गठबन्धनको नाममा देशमा अधिनायकवाद लाद्ने षडयन्त्र भैरहेको टिप्प्णी गरेका छ्न ।लोहनीले एमाले र माओवादीले जतिसुकै  लोकतन्त्रका   कुरा गरे पनि उनीहरुको त्यो केवल जनता झुक्याउने खेल मात्र भएको बताए । एकिकृत राप्रपा राष्ट्रवादी बाँकेले आज  नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले देशलाई अधिनायकवाद मुक्ती दिनका लागी आम नागरिक एक हुनुको विकल्प छैन भन्नू भयो ।

नेपाली जनतामाथी अधिनायकवाद लाद्न खोज्ने गठबन्धनको  षडयन्त्रलाई असफल पार्न देशप्रेमी सचेत नागरिक एक हुनुपर्ने बेला आएको बताए । बाम गठबन्धन प्रती निकै आक्रामक बनेका लोहनीले प्रजातन्त्र  र लोकतन्त्रमा बिश्वास राख्ने सबैले मिलेर कम्युनिष्ट अधिनायकवादबाट देशलाई जोगाउन अपिल समेत गरे । देश र जनतालाई अधिनायकबादबाट जोगाउन नै एकिकृत राप्रपा (राष्ट्रवादी)ले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सरोमोनियल राजसंस्था हुनुपर्ने एजेण्डालाई अगाडि सारेको उनले बताए ।

अध्यक्ष लोहनीले देशका सबै भाषाभाषी, जातजाती र धर्म सम्प्रदायलाई एकतावद्ध पार्ने परम्परागत शक्ति राजसंस्था भएकोले सो संस्थालाई सरोमोनियल र प्रधानमन्त्रीलाई कार्यकारी बनाउनु पर्ने अभियानमा आफुहरु लागेको बताए  ।

 

प्रतिक्रया दिनुहोस्