कोहलपुरमा बाम गठबन्धनको चुनावी भेला सम्पन्न ।

कोहलपुर, २ मंसिर ।
आगामी निर्वाचनका निम्ति चुनावी प्रचारप्रसारको अभियानलाई तिब्र पारेको बाम गठबन्धनले आज कोहलपुर १२, १५ मा सयुक्त भेला सम्पन्न गरेको छ ।

(फाइल फोटो साभार)

भेलालाई बाम गठबन्धन बाट प्रदेश सभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट उम्मेदवार बनेकी आरती पौडेलले सम्बोधन गरेकि थिइन । सम्बोधनका क्रममा उनले समाजमा सदियौदेखी पीडित बनेका महिलाहरुलाई अधिकार सुसम्पन्न गराउने प्रतिबद्धताका साथ लागि पर्ने बताईन ।

उनले आफ्ना हक अधिकार स्थापित गर्नका निम्ति सम्पुर्ण महिला दिदिबहिनी अब एक हुनुपर्ने बेला आएको बताईन । संघर्ष नै जिवनको सबैभन्दा ठूलो कुरा भएको बताउदै उनले महिलाहरुको अधिकार स्थापित गराउने आफ्नो यो राजनीतिक अभियानमा अमुल्य भोट दिन आग्रह समेत गरिन ।

राज्यले समेत महिलाहरुको जिबिको पार्जनका निम्ति उनिहरुको आयस्तर माथी उठाउने खालका कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो । पौडेलले महिला दिदीबहिनीको हकमा यि सब कुराको सुनिस्चित गर्न र समग्रमा यस ठाउको समस्या प्रदेशमा उठान गरि समाधान र बिकासोन्मुख शहर बनाउन आफु लागी पर्ने समेत प्रतिबद्धता जनाईन ।

 

 

प्रतिक्रया दिनुहोस्